म घूस दिन्न !
(कान्तिपुर पत्रिकामा पहिलोपटक 20 Sept 2012, आश्विन ४ २०६९ मा छापिएको । लिंक यता: http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=280064)
तपाईं घूस दिनुहुन्छ ? आजकल देख्दैछु, घुस्याहाहरूको बिगबिगी छ, देशमा । जता हेर्यो, त्यतै घुस्याहाहरू । सडकदेखि -स्व.) संसदसम्म । पिउनदेखि उच्च पदाधिकारीहरूसम्म । युवादेखि वृद्धसम्म । पूर्वदेखि पश्चिमसम्म । उत्तरदेखि दक्षण्िासम्म ।
जता गयो, त्यतै घुस्याहाहरू । सरकारी कार्यालयहरूमा त कुरै नगरे हुन्छ । थाहा पाउन गाह्रो छैन, कुन-कुन निकाय यस्ता भ्रष्टाचारीले भरिएका छन् भनेर । सायद तिनै कार्यालय भित्रका कोही भ्रष्टाचारी अहिले यो लेख पढ्दैछन् ।
केही राजनीतिक नेताले त यस प्रवृत्तिलाई यसरी पालनपोषण गरिरहेका छन्, मानौ भ्रष्टाचारसंग गाँंसिएको उनीहरूको आफ्नै अस्तित्वको सवाल
छ । भ्रष्टाचारी जीवनस्तर छोड्यो भने त अरू भ्रष्टहरूको टाउकोमा बल्लतल्ल टेक्दै कमाएको ? सम्मान ? र धन दुबै गायब । मिहेनतको कमाइ भनेको कुन जन्तुको नाम हो भनेर सोध्न लाज नमान्ने धेरै नेता छन्, हाम्रो देशमा ।
एकपटक भ्रष्टाचारका केही ज्वलन्त उदाहरण हेरौं- निजामती कर्मचारी सरूवामा व्यापक अनियमितता भयो भनेर अख्तियारले सामान्य प्रशासन मन्त्रालयले गरेको करिब २००० सरूवा बदर गर्यो, सरकारले छानबिन समिति गठन गर्यो । त्यसपछि भ्रष्टाचारको महान सागरमा त्यो कथा हरायो । के भयो, आजसम्म जनतालाई थाहा छैन ।
अहिले बहालवाला मन्त्री र थुप्रै सरकारी कर्मचारीहरू र प्रहरी अधिकृतहरूले पदको दुरूपयोग गरी अस्वाभाविक रूपमा आर्जन गरेको सम्पत्तिबारे अख्तियारमा परेको रिट त्यसै अलपत्र परेको छ, त्यसबारे अख्तियार मौन छ ।
त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्र गरेको केही समयमै उक्किएको छ । भ्रष्टाचार खुल्लेआममा पुष्टि भएको छ । तर अख्तियारले अनुसन्धान अलमल्याएको छ ।
माओवादी शिविरमा भएको लडाकुको नाममा काटिएको दुई अर्ब रूपैयाँको घोटालाबारे पार्टीभित्रै विवाद हुंँदाहुंँदै पनि अख्तियारले खासै चासो देखाएको देखिन्न । यो रकम हालै भ्रष्टाचारमा जेल चलाइएका केही पूर्वमन्त्रीहरूले संयुक्त रूपमा हिनामिना गरेको रकमभन्दा कैयौ गुणा बढी हो । यस्ता अरू पनि छन् ।
देशले अब सदाचारी नेताहरू र नागरिकहरू जन्माउन छोड्यो जस्तो लाग्छ । हाम्रो देशको संसारमा अहिले गलत पहिचान छ । शान्ति सुशासनको उदाहरण हुनसक्थ्यौं । उल्टो भ्रष्ट र कालोसूचीको देशको नामबाट बढी चर्चित छौं ।
अहिले राजनीतिक विकृति भ्रष्टाचारसंग नङमासुझैं जोडिएका छन् । कति अन्याय भैरहेका छन्, देशका हरेक कुनामा । तर राजनीतिक संरक्षण पाइरहेका छन्, अपराधीहरू । प्रायः भ्रष्टाचारीहरू समातिंदैनन्, हतपत्ति । समातिए भने पनि छोडिन्छन् । खड्का, जेपी गुप्ता, वाग्लेहरू त यस विशाल संयन्त्रका केही पात्रहरूमात्रै हुन् । राजनीतिक भ्रष्टाचार सर्वत्र देखिन्छ, तर कसैले खासै केही गर्नसकेको छैन । भ्रष्टाचार विरोधको लडाइँ तलबाट माथि -बटम अप) नभई माथिबाट तल -टप डाउन) समाप्त गर्दा ज्यादा असरदार हुन्छ । हालै विकसित घटनाले त त्यो पुष्टि गरिसक्यो- माथि बस्नेले गर्ने भ्रष्टाचारको मोलतोल गरेर साध्यै छैन । तलकाले गर्ने भ्रष्टाचार बाध्यता हो । माथिकाले गर्ने भ्रष्टाचार विलासिता आर्जन गर्ने माध्यम हो । तर दुबै एकदम गलत हो ।
जेपी गुप्तालाई संसदीय समितिमा बस्नु राम्रो देखिन्न भनेर जुन समय भ्रष्टाचार विरोधी अभियानले प्रधानमन्त्रीलाई पत्राचार गर्यो, तत्कालीन सञ्चारमन्त्री गुप्ताका समर्थक वकिल न्यायकर्मीहरूले तुरून्तै यस निवेदनलाई मधेस मुद्दासंग जोडिहाले । कुरो गौरवमय संसद र देशको छविमा आंँच आउनबाट रोक्ने बारे थियो, तर यस कुरालाई उल्टोपुल्टो पारेर मुद्दाको ढांँचा नै परिवर्तन गर्न खोजियो । अन्तमा उहांँले समितिबाट राजीनामा दिनुभयो, जुन एक राम्रो उदाहरणको रूपमा लिन सकिन्छ ।
हालसालै पुराना मन्त्री खुमबहादुर खड्का लगायत विभिन्न उच्च पदाधिकारीहरूलाई सर्वोच्च अदालतले भ्रष्ट ठहराएको छ । त्यसै त यो फैसलासम्म त पक्कै आएन होला अदालत । महिनौ र वर्षौंका सामग्री र प्रमाणसहित यो निष्कर्षमा पुगेको हो । उहांँहरूले अदालतको फैसलालाई कदर गर्दै आत्मसमर्पण त गर्नुभयो, तर यो निर्णय राजनीतिक भावनाले प्रेरित भन्न नछोड्ने पनि भेटिए । उहांँकै पार्टीका केही ठूलठूला नेताहरूले पनि अदालतको सो निर्णयमाथि प्रश्न गरे । कुनै पनि देशप्रेमीलाई यस कुरा
सह्य हुंँदैन, जो समातिनुभयो, आफूले गरेको भ्रष्टाचारमा समातिनुभएको छ, उहांँहरू । यो पूर्णरूपमा उहांँहरूले गर्नुभएको गल्तीको परिणाम हो ।
तर यस्ता छिटफुट घटनाबाहेक जनताले धेरै खुसी मनाउने खासै कारण छैन ।
अहिले भएका फैसला त वर्षौ पहिलेका मुद्दाहरूको फैसलामात्रै हो । यी मुद्दाहरूको फैसला यति धेरै वर्षपछि बल्ल भयो । हालसालका भ्रष्टाचारसंग गाँंसिएका विसंगतिहरू त मुद्दा नै बनेका छैनन्, किनभने अख्तियार आयोग नेतृत्वविहीन छ । जुन निकायले भ्रष्टाचारीको मनमा डर पसाउनुपर्ने हो, त्यो निकाय अहिले कमजोर देखिन्छ ।
दिनहुँ रोजीरोटीका लागि धौधौ गरी मिहेनत गर्ने नेपाली आजकल दुःखी छन् तर भ्रष्टाचारबाट लुटेको धनले बनेका धनाढ्य नेताहरू र तिनका गुटहरूको बिगबिगी छ, देशमा ।
भोलि तपाइर्ं कुनै सरकारी या अन्य कार्यालयमा जानुहुन्छ । कार्य सम्पादनको लागि अनुरोध गर्नुहुन्छ । तर कर्मचारीले अलिअलि सहयोग माग्नेछ । ऊ जस्ता धेरै भ्रष्ट व्यक्तिहरू छन्, देशभरि । ऊ एक जनालाई सहयोग गर्नु भनेको देशको ढुकुटी गलत कार्य र पार्टी विशेषलाई समर्पण गर्नु हो । मिहेनत गरेर जीविका आर्जन गर्ने तपाइर्ंको प्रयासमाथि एक ठूलो प्रहार हो । हामीले आ-आफ्नो क्षेत्रबाट यस गलत प्रवृत्तिको सामना गर्न सक्छौं- यसलाई चुनौती दिन सक्छौं । यदि तपाइंर्ं साँच्चै भ्रष्टाचार र घुस्याहा प्रवृत्ति विरूद्ध हुनुहुन्छ भने तपाईसंग हिम्मत हुनुपर्छ, घूस माग्नेको आँंखामा आंँखा जुधाएर भन्ने- म घूस दिन्न !
लेखकले बायोटेक्नोलोजीमा पीएचडी गरेका हुन् ।