Tuesday, November 13, 2012

काठमाण्डौ विश्वविध्यालय उपकुलपति राजीनामा प्रकरण- मेरो आंखाबाट

गत शुक्रबार (नोभेम्बर १०) को कुरो हो। म अरु ३ जना साथीहरुसंग हेंटौडा हुंदै बिरगञ्ज जाने तर्खरमा थिएं बिहान। तर मेरो गाडीको पछाडीको झ्याल (एस यु भी हो) बिग्रेर बन्द नभएको हुनाले बनाउन लग्नु पर्यो। त्यहिं अल्मलिरहेको थिएं, जब एक्कासी आर्को एक पुराना के  यु का मित्रले फोन गर्नु भयो र भर्खरै बिकसित नया समाचार बारे म संग जिज्ञांसा राख्नु भयो। के यु का निबर्तमान संस्थापनादेखिकै  उपकुलपति प्रा डा सुरेशराज शर्माले अकस्मात राजिनामा दिनुभयो रे !

मैले त पहिले यो समाचार पटक्कै विश्वास गरिन। किनभने सुरेशराज शर्माले यो पद छाड्ने बारे कुनै किसिमको कुरा कतै गर्नु भएको थिएन यसअघि। र उनको कार्यकालमा अझै २ बर्ष पुरै बाकी थियो। मेरो केयु को इतिहासमा एउटा कुरो राम्रैसंग थाहा पाएको थिंए‍-। सुराश एक कडा स्वभाबको र नदब्ने प्रकारका व्यक्ति हुन। र निकै बाठो पनि। घिउ सिधा औंलाले झिक्ने की बांगो, वहांलाइ राम्रै संग थाहा छ। बिगत २० बर्षको कार्यकालमा उनले जुन  प्रकारले आफ्नो सत्तालाइ निरन्तरता दिए, त्यसबाट सजिलै बुझ्न सकिन्छ कि उनका हातमा के कस्ता औजारहरु थिए होलान्  र उनी कति सिपालु थिए ति औजारहरुको सदुपयोग गर्न। उनको कार्यकालमा कति धेरै सत्ता परिवर्तन भए, देशको राजनिति नै उथलपुथल भयो, प्र म हरु कति आए गए, अरु विश्वबिध्यालयहरुमा कति उपकुलपतिहरु आए, गए। तर के युका उकुप भने समयको भेललाइ लड्दै गए।

संयोगबस भनौ, म त्यो दिन हेटौंडा जादैथिए, मेरा नजिकका मित्रहरु विभुतीरञ्जन झा (कावि प्राध्यापक संग निबर्तमान सभापति), सुबोध उपाध्याय ( काविप्रासं कामु महासचिब) र एक अन्य साथी। वहांहरुपनि समाचार सुनेर निकै स्तव्ध हुनुभयो। र बाटोभरी यहि प्रकरणबारे कुराहरु भए।

प्रम सामु उकुपले राजिनाम दिएको खबर एक्कासी सुन्दा त धेरैलाइ ठुलो कुरो लाग्नु स्वभाविकै हो। तर हामी त्यहां बसेर जसले काम गर्यौं, जसले उनको भित्री कार्य शैली देख्यौ- यस्तो समय कुनै दिन आउंने पक्का छ भनेर त केहि हदसम्म अनुमान लगाउन सक्थ्यौं।

समय संगै परिवर्तन हुन सक्नु मानविय गुंण हो। यो संग लड्न खोज्नु भनेको पतनको बाटो रोज्नु हो। सायद सुराशलाइ यहि लडाइले आखिरमा थकित बनायो, अन्त्यमा ढलाएर छाड्यो।

विगतका कुराहरु त कति छन् कति। म सुराशको जिवनमा देखिएको एउटा सानो पात्रमात्रै हुं। तर उनले मलाइ कुन दृष्टिले हेर्छन होला, त्यो मलाइ केहि हदसम्म थाहा छ, र केहि हदसम्म अनुमान गर्नसक्दछु। मुख्य कारण के युमा विचारपरिवर्तनको लागी म लगायत धेरै प्राध्यापकहरुले शुरु गरेको लडाइ, जनआन्दोलन लगत्तै। यो आफैमा थुप्रै कथाहरु सम्मिलित कुनै किताब नै बन्ला कुनै दिन। तर यो ब्लगको लागी मात्र यति लेख्छु कि, जनआन्दोलन यता, के युका प्राध्यापकहरुलाइ त्यहां सुराशका निर्णय र विचारहरु माथी प्रश्न गर्ने हक थिएन। प्राध्यापकहरुलाइ वैचारीक स्वतन्त्रता थिएन जुन संसारका ठूला ठूला वि विमा स्वत: पाइन्छ। प्रशासनमाथि प्रश्न गर्ने हुर निकालिए, पाउनुपर्ने सुविधाबाट बञ्चित भए, पदोन्नतीका मौका बाट चुकाइए। मेरो मनमा थुप्रै नामहरु छन जो यस आतंकबाट त्रसित भएका थिए। के यु बाहिरबाट भव्य देखिन्थ्यो तर भित्रबाट निकै कुहिनलागीसकेको थियो। आखिर सिंह दरबार पनि त गज्जबै बनेको थियो नी। तर त्यो बनाउदा कति मजदुरहरुको शोषण भएको थियो, त्यो त त्यहां कामगर्नेलाइ नै त थाहा थियो।

२०६२-६३मा के यु आन्दोलन सुरु भयो, र विस्तारै यसले गती लियो।  के यु कति राम्रो चलिरहेको छ, अब तिमीहरुले बिगार्यौ भनि आरोप लाउनेहरुको त लाइन लागेको थियो, आन्दोलन ताका। अफसोस, आरोपीहरु भने कि अभिभावकहरु थिए, कि त प्रशासन नजिकका प्राध्यापक कर्मचारीहरु थिए, जसले के युबाट प्रसस्त सुबिधाहरु लिइराखेका थिए। अथवा केहि बिध्यार्थि र स्थानिय वासिन्दाहरु थिए, जसलाइ गलत समाचार र गलत विचारहरुले अलमल्याइएको थियो।  अनि जो चाहिं यो वि विलाइ अब भित्रैबाट सुधार्न पर्यो भनेर लागेका थिए, उनीहरु नै सबैजनाका शत्रु बने। मलाइ पनि त्यसरी नै हेरियो।

के यु मा आन्दोलन शुरु कसरी भयो, के कस्ता घटनाहरु भए त? क्रमश:


Tuesday, November 6, 2012

ट्विट संसारमा प्रवेश- र नेपाली भाषा

ट्विटर संसार बुझ्दै छु, बिस्तारै बिस्तारै।

यहां धेरै किसीमका ट्विटराटी रहेछन्। जस्तै-

१। जे पनि जुनै पनि बिषयमा र दिल खोलेर लेख्ने, र सकेसम्म अरुलाइ नहोच्च्याउने।
२।  आफ्नो बिषय मा मात्रै प्राय लेख्छन्।
३।  आफुले लेख्ने भन्दा अरुको रिट्विट गर्दै समय बिताउंने। किन हो,म त्यो चाहिं बुझ्न गाह्रो।
४। लेख्न त दिल खोलेर लेख्ने, तर अरुले के भन्ला बिचार नगर्ने,  अनि अरुलाइ होच्च्याउन कोशिश गर्ने,  हरबखत।

म कुन पा पर्छु त पाठकहरुनै जानुन, तर सकेसम्म १ मै सिमित रहन खोज्दैछु।

फेरि पनि, म त सिकारू नै परें, तर नियमहरु बुझ्न खोज्दैछु। जस्तै, हालै बुझ्नमा आएका दुइ बिचारहरु:

१। अरुले मात्रै फलो गरुन, आफू सकेसम्म फलो नगरौं भन्नेहरु "वरिष्ठ" पद पाउंदा रहेछन।

२। आफुले मात्रै ट्विट गरौं, तर अरुले आफू लक्षित ट्विटको कुनै जवाफ नदियम भन्नेहरु पनि "वरिष्ठ" मा पर्दा रहेछन।

हिजो नै भनिहालें कि नेपाली मा लेख्दा धेरै ले पढ्ने र प्रतिकृया दिने पनि सम्भावना बढ्दो रहेछ। अब अरुको बिचार र भनाइ पनि सुन्न पाउने मौका कस्ले छोड्ला र? म पन यहि धर्ती कै हूं, म मा पनि त्यो चाहना त हुने नै भयो। अत: म पनि अब नेपालीमै लेख्नमा रमाउंदै छू।

यहि प्रसंगमा एउटा  ट्विटेले लेखेको थियो कि नेपाली व्यक्तिले नेपालीमा लेख्दा रमाएको देखेर उसलाइ गज्जव लाग्यो रे। अनि मैले प्रतिकृया दिएं- ए बाबा, के गरुम त, पढाइ लेखाइ प्रायत: बिदेशमै भयो र त्यहि भाषामा पक्कड कडा भयो। अनि गरूं के त। कमसेम म प्रयत्न त गर्दैछु। अब ठेट नेपाली लेख्न बोल्न आउंदैन, पाठकहरुले यसैमा सन्तुष्टि देखाइदिनुभए म कृतज्ञ हुने थिएं।

नेपालक जय होस।




Monday, November 5, 2012

मेरो नेपाली लेख यात्रा - सुरुवात

ट्विटर चलाउन थालेको पनि २ बर्ष भएछ। पहिले त पुरै अंग्रेजीमा लेखिन्थ्यो। बिस्तारै एउटा कुरा बुझियो। नेपालीमा लेखेको खंण्डमा अझै धेरै प्रतिकृया आउने। त्यसपछि नेपालीमा पनि ट्विटहरु धमाधम जान थाले।

सायद ट्विटरमा नेपाली लेख्ने बानीले होला, पत्रिकाहरुमा पनि लेख लेख्न सक्छु भन्ने मनोबल बढ्न थाल्यो। र लेखियो पनि। शुरु शुरुमा त रबिन्द्र मिश्र जीलाइ हल्का "एडिट" गर्न अनुरोध गर्ने गर्थें। वहांले मज्जासंग मान्दिनुहुन्थ्यो। पछि, हिम्मत बढ्यो र सोझै पत्रिकालाइ पठाइंदिएं। जादु! छापियो ! अनि त के चाहियो। आजकल मनोबल उच्च नै छ। तर दिनहुं सिक्दैछु, सुधार्दै छु, आफैंलाइ।

यो सानो "एन्ट्रि" हो। क्रमश:

Tuesday, October 30, 2012

VOICES FROM THE LAB
(Originally published in TKP, 29th Oct 2013, link here: http://www.ekantipur.com/2012/10/29/related-article/voices-from-the-lab/362063.html )

The prime minister of Nepal recently invited a select group of scientists, academicians and researchers for a formal interaction programme. In a country where science and technology receives negligible interest, and subsequently less than adequate budget from the government, this has been seen as a very positive step. It would naturally have been next to impossible to have an in-depth discussion on each area of science in just over three hours, therefore, each of us were given two to three minutes to edify the gathering that included, besides the PM, the minister and secretary of environment, science and technology and the chief secretary, among others. Duly acknowledging the fact that it’s easier to complain than provide solutions, the following four issues and their solutions are presented.
Government apathy
Some years ago, the Science and Technology Ministry and the Environment Ministry were merged to form the Ministry of Environment, Science and Technology. Isn’t environment a part of science and technology especially when we are discussing climate change and possible global warming? Further, the ministry had been assessing three incubation centres—space, nuclear and biotechnology—before it got merged.
Biotechnology, a field of science that has a huge scope in Nepal in terms of productivity, human resource mobilisation and revenue generation, was being seriously considered as the next government venture with support from the  Indian Department of Biotechnology. At a time when the country should be promoting S&T, just what prompted this government to do away with a whole ministry is beyond our reasoning. Thus the government, if it is serious about promoting S&T, needs to immediately reinstall the Ministry of Science and Technology (MoST).
Political intervention
In the past two years, there have been three ministers and an equal number of secretaries at MoST. Every time there is a change in government, the minister has changed. This is understandable; but why change the ministry’s executive authority, the secretary? Political influence, no doubt, and this has been hurting the country more than any one can imagine. As a result, all government-linked institutions—the National Academy for Science and Technology (NAST), the National Agriculture Research Council (NARC) and others are performing under par. These organisations are meant to lead the country in various areas of research. Unfortunately, they are unable to do so.
How we scientists wish that political parties would for once think of the greater good of the country when it comes to science and technology. The time has now come for political parties to understand that improved S&T is for the benefit of the country, and the less their direct negative intervention, the faster we can get there.
Brain drain
It comes as no surprise that young scientists are leaving the country for greener pastures abroad. A majority of them would stay if there were enough incentives. Understandably, employment is limited but if the opportunity for entrepreneurship is provided by removing bureaucratic hurdles and giving tax incentives, there will be many who will at least attempt to initiate novel enterprise in science and technology right here in the country.
There are many bright young Nepali minds overseas, wanting and wishing to come back home to serve their country. The government and industry need to provide them at least a small platform to try their luck, as it were. This should be more a government responsibility because it has the authority to make favourable decisions for those wishing to come home to contribute to the country. One way to do this would be to develop incubation centres which will serve as centres of innovation for key areas such as biotechnology, physics, chemistry and others.
Inadequate infrastructure
Science and technology thrives on research and development, however, there needs to be strong infrastructural support to carry it out. Lack of electricity, lack of adequate clean water and, in many cases, lack of service and maintenance of equipment (due to budgetary constraints) are hurdles to efficient research activities. If anything, S&T research should be categorised as essential services as this would ensure that scientists and academicians will be able to carry out their work efficiently with access to the services they require. To do this, political will and government commitment is critical.
Need to collaborate
It is a sad truth that Nepal’s scientific community is also engrossed in a culture of self-promotion and self-praise. It may have something to do with the culture we have been brought up in. Whatever the cause, the scientific community would rather go for foreign collaboration for a small piece of the pie than intra-country partnership that would benefit them and the country in the long run. There is no point if five different groups working on similar projects do not even see eye to eye on the issue. The outcome of such work will be paltry, and not worth the funds required to conduct it. The community needs to understand that even a small collaborative research project carried out entirely by Nepalis in Nepal is respected as much as a project that is filled with international collaborators. If we help each other, we can climb much higher than we have ever been able to.
In conclusion, there is absolutely no doubt that there are problems not only in S&T but in most sectors in Nepal. At the same time, solutions are very few, and usually non-productive for the existing problems. However, every dark cloud has a silver lining, if we look at it from the correct angle. This is exactly how we must approach the problems our S&T sector is facing. Together, with adequate planning and leaving aside personal egos, we scientists can contribute towards improving the situation and helping S&T take Nepal towards further development. A complete paradigm shift in the academic and scientific sector is the need of the day.
Dixit is country director of the Centre for Molecular Dynamics Nepal and is involved in public health biomedical research

Thursday, September 20, 2012

म घूस दिन्न !


(कान्तिपुर पत्रिकामा पहिलोपटक 20 Sept 2012, आश्विन ४ २०६९ मा छापिएको । लिंक यता: http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=280064)

तपाईं घूस दिनुहुन्छ ? आजकल देख्दैछु, घुस्याहाहरूको बिगबिगी छ, देशमा । जता हेर्‍यो, त्यतै घुस्याहाहरू । सडकदेखि -स्व.) संसदसम्म । पिउनदेखि उच्च पदाधिकारीहरूसम्म । युवादेखि वृद्धसम्म । पूर्वदेखि पश्चिमसम्म । उत्तरदेखि दक्षण्िासम्म ।

जता गयो, त्यतै घुस्याहाहरू । सरकारी कार्यालयहरूमा त कुरै नगरे हुन्छ । थाहा पाउन गाह्रो छैन, कुन-कुन निकाय यस्ता भ्रष्टाचारीले भरिएका छन् भनेर । सायद तिनै कार्यालय भित्रका कोही भ्रष्टाचारी अहिले यो लेख पढ्दैछन् । 

केही राजनीतिक नेताले त यस प्रवृत्तिलाई यसरी पालनपोषण गरिरहेका छन्, मानौ भ्रष्टाचारसंग गाँंसिएको  उनीहरूको आफ्नै अस्तित्वको सवाल 

छ । भ्रष्टाचारी जीवनस्तर छोड्यो भने त अरू भ्रष्टहरूको टाउकोमा बल्लतल्ल टेक्दै कमाएको ? सम्मान ? र धन दुबै गायब । मिहेनतको कमाइ भनेको कुन जन्तुको नाम हो भनेर सोध्न लाज नमान्ने धेरै नेता छन्, हाम्रो देशमा । 

एकपटक भ्रष्टाचारका केही ज्वलन्त उदाहरण हेरौं- निजामती कर्मचारी सरूवामा व्यापक अनियमितता भयो भनेर अख्तियारले सामान्य प्रशासन मन्त्रालयले गरेको करिब २००० सरूवा बदर गर्‍यो, सरकारले छानबिन समिति गठन गर्‍यो । त्यसपछि भ्रष्टाचारको महान सागरमा त्यो कथा हरायो । के भयो, आजसम्म जनतालाई थाहा छैन ।

अहिले बहालवाला मन्त्री र थुप्रै सरकारी कर्मचारीहरू र प्रहरी अधिकृतहरूले पदको दुरूपयोग गरी अस्वाभाविक रूपमा आर्जन गरेको सम्पत्तिबारे अख्तियारमा परेको रिट त्यसै अलपत्र परेको छ, त्यसबारे अख्तियार मौन छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्र गरेको केही समयमै उक्किएको छ । भ्रष्टाचार खुल्लेआममा पुष्टि भएको छ । तर अख्तियारले अनुसन्धान अलमल्याएको छ ।

माओवादी शिविरमा भएको लडाकुको नाममा काटिएको दुई अर्ब रूपैयाँको घोटालाबारे पार्टीभित्रै विवाद हुंँदाहुंँदै पनि अख्तियारले खासै चासो देखाएको देखिन्न । यो रकम हालै भ्रष्टाचारमा जेल चलाइएका केही पूर्वमन्त्रीहरूले संयुक्त रूपमा हिनामिना गरेको रकमभन्दा कैयौ गुणा बढी हो । यस्ता अरू पनि छन् ।

देशले अब सदाचारी नेताहरू र नागरिकहरू जन्माउन छोड्यो जस्तो लाग्छ । हाम्रो देशको संसारमा अहिले गलत पहिचान छ । शान्ति सुशासनको उदाहरण हुनसक्थ्यौं । उल्टो भ्रष्ट र कालोसूचीको देशको नामबाट बढी चर्चित छौं ।

अहिले राजनीतिक विकृति भ्रष्टाचारसंग नङमासुझैं जोडिएका छन् । कति अन्याय भैरहेका छन्, देशका हरेक कुनामा । तर राजनीतिक संरक्षण पाइरहेका छन्, अपराधीहरू । प्रायः भ्रष्टाचारीहरू समातिंदैनन्, हतपत्ति । समातिए भने पनि छोडिन्छन् । खड्का, जेपी गुप्ता, वाग्लेहरू त यस विशाल संयन्त्रका केही पात्रहरूमात्रै हुन् ।  राजनीतिक भ्रष्टाचार सर्वत्र देखिन्छ, तर कसैले खासै केही गर्नसकेको छैन । भ्रष्टाचार विरोधको लडाइँ तलबाट माथि -बटम अप) नभई माथिबाट तल -टप डाउन) समाप्त गर्दा ज्यादा असरदार हुन्छ । हालै विकसित घटनाले त त्यो पुष्टि गरिसक्यो- माथि बस्नेले गर्ने भ्रष्टाचारको मोलतोल गरेर साध्यै छैन । तलकाले गर्ने भ्रष्टाचार बाध्यता हो । माथिकाले गर्ने भ्रष्टाचार विलासिता आर्जन गर्ने माध्यम हो । तर दुबै एकदम गलत हो ।

जेपी गुप्तालाई संसदीय समितिमा बस्नु राम्रो देखिन्न भनेर जुन समय भ्रष्टाचार विरोधी अभियानले प्रधानमन्त्रीलाई पत्राचार गर्‍यो, तत्कालीन सञ्चारमन्त्री गुप्ताका समर्थक वकिल न्यायकर्मीहरूले तुरून्तै यस निवेदनलाई मधेस मुद्दासंग जोडिहाले । कुरो गौरवमय संसद र देशको छविमा आंँच आउनबाट रोक्ने बारे थियो, तर यस कुरालाई उल्टोपुल्टो पारेर मुद्दाको ढांँचा नै परिवर्तन गर्न खोजियो । अन्तमा उहांँले समितिबाट राजीनामा दिनुभयो, जुन एक राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । 

हालसालै पुराना मन्त्री खुमबहादुर खड्का लगायत विभिन्न उच्च पदाधिकारीहरूलाई सर्वोच्च अदालतले भ्रष्ट ठहराएको छ । त्यसै त यो फैसलासम्म त पक्कै आएन होला अदालत । महिनौ र वर्षौंका सामग्री र प्रमाणसहित यो निष्कर्षमा पुगेको हो । उहांँहरूले अदालतको फैसलालाई कदर गर्दै आत्मसमर्पण त गर्नुभयो, तर यो निर्णय राजनीतिक भावनाले प्रेरित भन्न नछोड्ने पनि भेटिए । उहांँकै पार्टीका केही ठूलठूला नेताहरूले पनि अदालतको सो निर्णयमाथि प्रश्न गरे । कुनै पनि देशप्रेमीलाई यस कुरा 

सह्य हुंँदैन, जो समातिनुभयो, आफूले गरेको भ्रष्टाचारमा समातिनुभएको छ, उहांँहरू । यो पूर्णरूपमा उहांँहरूले गर्नुभएको गल्तीको परिणाम हो । 

तर यस्ता छिटफुट घटनाबाहेक जनताले धेरै खुसी मनाउने खासै कारण छैन । 

अहिले भएका फैसला त वर्षौ पहिलेका मुद्दाहरूको फैसलामात्रै हो । यी मुद्दाहरूको फैसला यति धेरै वर्षपछि बल्ल भयो । हालसालका भ्रष्टाचारसंग गाँंसिएका विसंगतिहरू त मुद्दा नै बनेका छैनन्, किनभने अख्तियार आयोग नेतृत्वविहीन छ । जुन निकायले भ्रष्टाचारीको मनमा डर पसाउनुपर्ने हो, त्यो निकाय अहिले कमजोर देखिन्छ । 

दिनहुँ रोजीरोटीका लागि धौधौ गरी मिहेनत गर्ने नेपाली आजकल दुःखी छन् तर भ्रष्टाचारबाट लुटेको धनले बनेका धनाढ्य नेताहरू र तिनका गुटहरूको बिगबिगी छ, देशमा ।

भोलि तपाइर्ं कुनै सरकारी या अन्य कार्यालयमा जानुहुन्छ । कार्य सम्पादनको लागि अनुरोध गर्नुहुन्छ । तर कर्मचारीले अलिअलि सहयोग माग्नेछ । ऊ जस्ता धेरै भ्रष्ट व्यक्तिहरू छन्, देशभरि । ऊ एक जनालाई सहयोग गर्नु भनेको देशको ढुकुटी गलत कार्य र पार्टी विशेषलाई समर्पण गर्नु हो । मिहेनत गरेर जीविका आर्जन गर्ने तपाइर्ंको प्रयासमाथि एक ठूलो प्रहार हो । हामीले आ-आफ्नो क्षेत्रबाट यस गलत प्रवृत्तिको सामना गर्न सक्छौं- यसलाई चुनौती दिन सक्छौं । यदि तपाइंर्ं साँच्चै भ्रष्टाचार र घुस्याहा प्रवृत्ति विरूद्ध हुनुहुन्छ भने तपाईसंग हिम्मत हुनुपर्छ, घूस माग्नेको आँंखामा आंँखा जुधाएर भन्ने- म घूस दिन्न !

लेखकले बायोटेक्नोलोजीमा पीएचडी गरेका हुन् । 

Thursday, January 19, 2012

नेपाल खुल्ला छ ?

(माघ ४ २०६८ मा कान्तीपुर दैनिक मा प्रकाशीत लेख, लिंक: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=261676)
पर्यटक वर्ष २०११ भनेर खुब हल्लाखल्ला गरियो । तर तिनै पर्यटक अतिथिहरूलाई दुःख पनि दिनसम्म दिइयो, हाम्रो देशमा । 

विमानस्थलमै किडन्याप शैलीमा आफ्ना ट्याक्सीतर्फ तान्दै आतंकित गरियो । होटलमा बसेकालाई आन्दोलनको निहुँमा होटल बन्द गराएर अन्यत्र जान बाध्य गरियो । हवाइजहाज चढ्नेहरूलाई पहाडमा ठोकाइयो र यो लोकबाट विदा नै गरियो । ट्रेकिङ गरेकालाई लुटियो । राति सहरमै घुम्न नसक्नेगरी लोडसेडिङको मारमा अलपत्र पारियो । बाटोघाटोबाट देश हेर्न खोज्नेलाई बाटो बन्द र चक्काजामले त्रसित गराइयो । 

कुनै पनि देश किन घुम्न जाने ? त्यहाँको कला, संस्कृति, जीवनशैली र वातावरण र प्राकृतिक थलोहरू हेर्न त्यस देशका सहरहरूमा रमाउन । वरिपरि घुम्न । देशवासीहरूसँग भेटघाट गर्न र रमाइला सम्झनाहृ फिर्ता लिएर जान । हाम्रो देशमा त आएकालाई पनि तर्साएर भगाउन खोजियो । हरेक किसिमबाट हेर्दा संसारको अगाडि नेपाललाई यसरी चिनाइयो, नेपाल बन्द छ र यहाँ केही चल्दैन । चल्यो भने यसलाई रोक्न खोज्नेहरूको होडबाजी छ । ठूलठूला राजनीतिक नेताहृदेखि बाटोमा तास खेलेर रम्ने स्थानीय गुन्डाहरूसम्म । यहाँ आउनुभन्दा अन्यत्रै जानु राम्रो । 

पर्यटकहरूको मात्र कुरा छोडिदिउँन त । नेपाललाई माया गर्ने कुनै व्यक्ति वा समूहले देशलाई हानि गर्ने कार्य गर्छ होला त ? एकपटक सोचौं त । बन्दले सिवाय केही स्वार्थी समूहलाई बाहेक कसलाई राम्रो गर्छ ? बन्दमा अड्किएर, समयमा साधारण औषधी र चाहिने उपचार नपाएर कतिको ज्यान जान्छ । कतिको समयमा काममा नपुगेर जागिर खोसिन्छ । कतिको रोजीरोटी हराउँछ । र दुःख पाउने र मर्ने ती सबै आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीहरू । त्यसो भए कसले गर्छ त देश बन्द । उत्तर हो, देशद्रोहीहरूले । देशलाई बन्द गरेर सारा देशवासीहरूलाई आफ्नो स्वार्थको कारण दुःख दिने जोकोही हुन्, देशद्रोही नै हुन् । यस्तालाई हाम्रो देशमा ठाउँ छैन । यिनीहरू कायर र काँतर पनि हुन् । किनभने यिनले समस्याको जडलाई त छुन पनि सक्दैनन् । तर त्यही रिस निमुखा जनतामाथि फेर्छ । यस्तालाई नेपाल ले आफ्नो भन्नु कुनै कारण छैन । यिनीहरू नेपाली कहलाउन लायककै छैनन् । 

किन त बोल्दैन, हाम्रो सरकार यस विरुद्ध । किन भन्दैनन्, कोही नेता कि यसरी जनतालाई दुःख दिनु गलत हो । किन बन्द गर्न गराउनेलाई रोक्न खोज्दैन, हाम्रो गृह प्रशासन ? भनिन्छ, सानो आगो समयमै रोकिएन भने यो भयानक रूप लिएर आउँछ । अहिलेका दिनहुँजस्तै हुने बन्द र चक्काजाम हेर्दा सानो होला, तर यसले जनताको संयमताको सीमा छिटै भंग गर्न सक्छ । र यदि यो कुराबारे नेपाल सरकारले केही गर्न सकेन भने जनता स्वयम्ले अवस्था आफ्नै हातमा लिनेछन् र यसबाट नराम्रा घटनाहरू घट्न पनि सक्नेछन् । विडम्बना, हालसम्मका घटनाक्रमले यो अङकित गरिरहेको छ, सरकारले सकेको छैन या चाहेको छैन, केही गर्न यसका कारण ? भ्रष्टाचारले लिप्त छ, देशको हरेक निकाय । बोल्यो कि पोल्यो भन्दै पन्छिन्छन् सबै, किनकि सबै बिटुला छन् । गलत कुरा विरुद्ध बोल्नु पनि त महानता हो । तर महानता किनेर पाइन्न । यो देशमा त अब हरेक चिजको मूल्य छ, सबै चिज किनेर आर्जन गर्न परिपाटी बसिसक्यो, महानता त अब हराइसक्यो । यस्तो अवस्थामा कसले बोल्ने । एकदमै थोरै नेताहरू, आत्मसम्मान देखिन्नन्, यहाँका देश चलाउने धेरैजसो शक्तिहरूमा । केही, अलिकति पनि नेपालको माया झल्किन्न, उनीहरूको कार्यशैलीमा । देशको विकासभन्दा व्यक्तिगत उपलब्धि महत्त्वपूर्ण ठान्छन् कतिपय ।

ट्विटरहरूमा पढ्छु, फेसबुकमा देख्छु, आजका युवा जमातमा असन्तुष्टि व्यापक छ, धेरै कुरासँग । बन्द, हडताल र असहज परिस्थितिबाट मर्माहत भएका यी देशका शक्ति कहिले यो देश छोडेर आफ्नो भविष्य मजबुत बनाउन पाइन्छ भन्दै समय पर्खेर बसेका छन् धेरै । तर उनीहरूलाई के भनेर सान्त्वना दिने, त्यो हामी देश बनाउन बसेकालाई पनि राम्ररी थाहा छैन । उदाहरणस्वरूप आफूलाई उनीहरूसामु उभ्याउन खोजिन्छ, बस त्यति नै । यस्ता नौजवान पौरखहरू देशबाट लोप हुँदै गएको देख्दा किन हाम्रा देश चलाउने शक्तिहरूको आँखामा एक थोपा आँसु पनि देखिन्न र किन उनीहरू आत्तिदैनन्, त्यो पनि बुझिनसक्नु छ । 

अहिलेको नेपालको व्यथा भनेकै फस्टाइरहेको भ्रष्टाचार हो । हरेक समस्याको यो नै एक भयंकर जड हो । र यसलाई उखेल्न कुनै पनि निकाय खासै तल्लिन देखिन्न ।  तर वरिपरि जेजस्ता गलत कामहरू भइरहेका छन् नेपालमा, प्रायः भ्रष्टाचार निवारणद्वारा नै सुल्झाउन सकिन्छ । तर यसतर्फ लाग्ने को ? गर्न खोज्ने आफैं सफा हुनुपर्‍यो र यसका लागि हाम्रो आफ्नै अन्ना हजारेहरू खोज्नुपर्‍यो ।  नेपालमा त्यस्ता हजारेहरू नभएका होइनन् । तर उहाँहरूले हार खाएर मौन बसेको भान भइरहेको छ । वर्षौंदेखिको मिहेनतको अपरिणामबाट सायद थकित हुनुभएको होला । राम्रो काम गर्न खोज्दाखोज्दै पनि स्वार्थको लागि बन्चरो हान्नेहरूसँग लड्न नचाहेर होला । व्यक्ति विशेष रिसइवी गर्नेहरूको लान्छना सहन नसकेर होला । तर भ्रष्टाचार विरोधी अभियानमा लाग्ने हो भने अहिलेको मनपरीतन्त्रको स्थिति रोकथाम गर्न हामी जनतालाई सजिलो हुने थियो । 

नेपाललाई यस्ता नागरिक नेताहरू चाहिएको छ । आफ्नो देश पहिले त्यसपछि मात्र अरू कुरा भन्ने नेताहरू चाहिएको छ । बन्दलाई बन्द गर्न चाहने नेताहरू हामीलाई चाहिएको छ । 

हुन त नेपाल यहीं छ । यतै कतै लुकाइएको छ । बन्दी बनाइएको छ । देखिन झन्झन् गाह्रो हुँदैछ । नेपाल बन्द छ कि खुल्ला ? कसलाई सोध्ने हो कुन्नि ?