ट्विटर संसार बुझ्दै छु, बिस्तारै बिस्तारै।
यहां धेरै किसीमका ट्विटराटी रहेछन्। जस्तै-
१। जे पनि जुनै पनि बिषयमा र दिल खोलेर लेख्ने, र सकेसम्म अरुलाइ नहोच्च्याउने।
२। आफ्नो बिषय मा मात्रै प्राय लेख्छन्।
३। आफुले लेख्ने भन्दा अरुको रिट्विट गर्दै समय बिताउंने। किन हो,म त्यो चाहिं बुझ्न गाह्रो।
४। लेख्न त दिल खोलेर लेख्ने, तर अरुले के भन्ला बिचार नगर्ने, अनि अरुलाइ होच्च्याउन कोशिश गर्ने, हरबखत।
म कुन पा पर्छु त पाठकहरुनै जानुन, तर सकेसम्म १ मै सिमित रहन खोज्दैछु।
फेरि पनि, म त सिकारू नै परें, तर नियमहरु बुझ्न खोज्दैछु। जस्तै, हालै बुझ्नमा आएका दुइ बिचारहरु:
१। अरुले मात्रै फलो गरुन, आफू सकेसम्म फलो नगरौं भन्नेहरु "वरिष्ठ" पद पाउंदा रहेछन।
२। आफुले मात्रै ट्विट गरौं, तर अरुले आफू लक्षित ट्विटको कुनै जवाफ नदियम भन्नेहरु पनि "वरिष्ठ" मा पर्दा रहेछन।
हिजो नै भनिहालें कि नेपाली मा लेख्दा धेरै ले पढ्ने र प्रतिकृया दिने पनि सम्भावना बढ्दो रहेछ। अब अरुको बिचार र भनाइ पनि सुन्न पाउने मौका कस्ले छोड्ला र? म पन यहि धर्ती कै हूं, म मा पनि त्यो चाहना त हुने नै भयो। अत: म पनि अब नेपालीमै लेख्नमा रमाउंदै छू।
यहि प्रसंगमा एउटा ट्विटेले लेखेको थियो कि नेपाली व्यक्तिले नेपालीमा लेख्दा रमाएको देखेर उसलाइ गज्जव लाग्यो रे। अनि मैले प्रतिकृया दिएं- ए बाबा, के गरुम त, पढाइ लेखाइ प्रायत: बिदेशमै भयो र त्यहि भाषामा पक्कड कडा भयो। अनि गरूं के त। कमसेम म प्रयत्न त गर्दैछु। अब ठेट नेपाली लेख्न बोल्न आउंदैन, पाठकहरुले यसैमा सन्तुष्टि देखाइदिनुभए म कृतज्ञ हुने थिएं।
नेपालक जय होस।

:)
ReplyDeleteलेख्ने काम जारी रहोस । अझ रमाइलो रमाइलो लेखहरु पढ्न पाईयोस भन्ने आशा राख्दै ब्लग लेख्न सुरु गर्नु भएकोमा बधाई छ ।
ReplyDeleteदुबैजनालाइ धन्यबाद !
ReplyDelete