गत शुक्रबार (नोभेम्बर १०) को कुरो हो। म अरु ३ जना साथीहरुसंग हेंटौडा हुंदै बिरगञ्ज जाने तर्खरमा थिएं बिहान। तर मेरो गाडीको पछाडीको झ्याल (एस यु भी हो) बिग्रेर बन्द नभएको हुनाले बनाउन लग्नु पर्यो। त्यहिं अल्मलिरहेको थिएं, जब एक्कासी आर्को एक पुराना के यु का मित्रले फोन गर्नु भयो र भर्खरै बिकसित नया समाचार बारे म संग जिज्ञांसा राख्नु भयो। के यु का निबर्तमान संस्थापनादेखिकै उपकुलपति प्रा डा सुरेशराज शर्माले अकस्मात राजिनामा दिनुभयो रे !
मैले त पहिले यो समाचार पटक्कै विश्वास गरिन। किनभने सुरेशराज शर्माले यो पद छाड्ने बारे कुनै किसिमको कुरा कतै गर्नु भएको थिएन यसअघि। र उनको कार्यकालमा अझै २ बर्ष पुरै बाकी थियो। मेरो केयु को इतिहासमा एउटा कुरो राम्रैसंग थाहा पाएको थिंए-। सुराश एक कडा स्वभाबको र नदब्ने प्रकारका व्यक्ति हुन। र निकै बाठो पनि। घिउ सिधा औंलाले झिक्ने की बांगो, वहांलाइ राम्रै संग थाहा छ। बिगत २० बर्षको कार्यकालमा उनले जुन प्रकारले आफ्नो सत्तालाइ निरन्तरता दिए, त्यसबाट सजिलै बुझ्न सकिन्छ कि उनका हातमा के कस्ता औजारहरु थिए होलान् र उनी कति सिपालु थिए ति औजारहरुको सदुपयोग गर्न। उनको कार्यकालमा कति धेरै सत्ता परिवर्तन भए, देशको राजनिति नै उथलपुथल भयो, प्र म हरु कति आए गए, अरु विश्वबिध्यालयहरुमा कति उपकुलपतिहरु आए, गए। तर के युका उकुप भने समयको भेललाइ लड्दै गए।
संयोगबस भनौ, म त्यो दिन हेटौंडा जादैथिए, मेरा नजिकका मित्रहरु विभुतीरञ्जन झा (कावि प्राध्यापक संग निबर्तमान सभापति), सुबोध उपाध्याय ( काविप्रासं कामु महासचिब) र एक अन्य साथी। वहांहरुपनि समाचार सुनेर निकै स्तव्ध हुनुभयो। र बाटोभरी यहि प्रकरणबारे कुराहरु भए।
प्रम सामु उकुपले राजिनाम दिएको खबर एक्कासी सुन्दा त धेरैलाइ ठुलो कुरो लाग्नु स्वभाविकै हो। तर हामी त्यहां बसेर जसले काम गर्यौं, जसले उनको भित्री कार्य शैली देख्यौ- यस्तो समय कुनै दिन आउंने पक्का छ भनेर त केहि हदसम्म अनुमान लगाउन सक्थ्यौं।
समय संगै परिवर्तन हुन सक्नु मानविय गुंण हो। यो संग लड्न खोज्नु भनेको पतनको बाटो रोज्नु हो। सायद सुराशलाइ यहि लडाइले आखिरमा थकित बनायो, अन्त्यमा ढलाएर छाड्यो।
विगतका कुराहरु त कति छन् कति। म सुराशको जिवनमा देखिएको एउटा सानो पात्रमात्रै हुं। तर उनले मलाइ कुन दृष्टिले हेर्छन होला, त्यो मलाइ केहि हदसम्म थाहा छ, र केहि हदसम्म अनुमान गर्नसक्दछु। मुख्य कारण के युमा विचारपरिवर्तनको लागी म लगायत धेरै प्राध्यापकहरुले शुरु गरेको लडाइ, जनआन्दोलन लगत्तै। यो आफैमा थुप्रै कथाहरु सम्मिलित कुनै किताब नै बन्ला कुनै दिन। तर यो ब्लगको लागी मात्र यति लेख्छु कि, जनआन्दोलन यता, के युका प्राध्यापकहरुलाइ त्यहां सुराशका निर्णय र विचारहरु माथी प्रश्न गर्ने हक थिएन। प्राध्यापकहरुलाइ वैचारीक स्वतन्त्रता थिएन जुन संसारका ठूला ठूला वि विमा स्वत: पाइन्छ। प्रशासनमाथि प्रश्न गर्ने हुर निकालिए, पाउनुपर्ने सुविधाबाट बञ्चित भए, पदोन्नतीका मौका बाट चुकाइए। मेरो मनमा थुप्रै नामहरु छन जो यस आतंकबाट त्रसित भएका थिए। के यु बाहिरबाट भव्य देखिन्थ्यो तर भित्रबाट निकै कुहिनलागीसकेको थियो। आखिर सिंह दरबार पनि त गज्जबै बनेको थियो नी। तर त्यो बनाउदा कति मजदुरहरुको शोषण भएको थियो, त्यो त त्यहां कामगर्नेलाइ नै त थाहा थियो।
२०६२-६३मा के यु आन्दोलन सुरु भयो, र विस्तारै यसले गती लियो। के यु कति राम्रो चलिरहेको छ, अब तिमीहरुले बिगार्यौ भनि आरोप लाउनेहरुको त लाइन लागेको थियो, आन्दोलन ताका। अफसोस, आरोपीहरु भने कि अभिभावकहरु थिए, कि त प्रशासन नजिकका प्राध्यापक कर्मचारीहरु थिए, जसले के युबाट प्रसस्त सुबिधाहरु लिइराखेका थिए। अथवा केहि बिध्यार्थि र स्थानिय वासिन्दाहरु थिए, जसलाइ गलत समाचार र गलत विचारहरुले अलमल्याइएको थियो। अनि जो चाहिं यो वि विलाइ अब भित्रैबाट सुधार्न पर्यो भनेर लागेका थिए, उनीहरु नै सबैजनाका शत्रु बने। मलाइ पनि त्यसरी नै हेरियो।
के यु मा आन्दोलन शुरु कसरी भयो, के कस्ता घटनाहरु भए त? क्रमश: