Sunday, June 21, 2009

स्वाइन फ्लु महामारी


(कान्तिपुर पत्रिकामा पहिलोपटक २१ जुन २००९ मा छापीएको । लिंक यहां छ: http://archives.nagariknews.com/2010/archive/2161-2009-06-21-07-08-37.html)

यस वर्ष जुन १३ तारखिमा नेपालका अधिकारीहरूले स्वाइन ˆलु रोकथामका लागि कडा कदम चाल्ने घोषणा गरेका छन् । यो, विश्व स्वास्थ्य संगठनले जून ११ मा स्वाइन ˆलुलाई भौगोलिक महामारी घोषणा गरेपछि चालिएको हो । स्वाइन ˆलुको जीवाणु मान्छेमा पहिलो पटक मार्च २००९ मा मेक्सिकोमा देखापरेको हो । पहिचान भएयता यसको प्रभाव ७६ मुलुकमा देखापरेको छ । ३६ हजार मानिस यसबाट प्रभावित छन् । संयुक्त राज्य अमेरकिामा १७ हजार ८ सय ५५ र अस्ट्रेलिया मा १८ सय २३ तथा युरोप र एसियामा पनि धेरै मानिस प्रभावित भएका छन् । 

वर्षेनि लाग्ने मौसमी ˆलु पनि इन्ˆलुएन्जाकै एउटा प्रकार हो । हालसम्म ए, बी, सी गरी तीन प्रकारका मौसमी भाइरस देखापरेका छन् । इन्ˆलुएन्जा "ए" र "बी" तुलनात्मकरूपमा "सी" भन्दा बढी देखापर्छ । इन्ˆलुएन्जा "सी"ले बिरलै संक्रमण गर्ने भएकाले यसलाई अहिले खोपको दायरामा राखिएको छैन । इन्ˆलुएन्जा "ए" प्रकारका भाइरसमध्ये मानिसमा लाग्ने हाल एच१एन१ र एच३एन२ मात्र हुन् । त्यसैले खोपको अनुसन्धान र विकासका लागि इन्ˆलुएन्जा "सी" भन्दा"ए" र "बी" का लागि बढी ध्यान दिइएको छ । दुई भाइरसले एउटै कोसिकामा संक्रमण गरेपछि नयाा भाइरस उत्पन्न हुन्छ जसमा पुरानो भाइरसका अंश पनि रहन्छन् । इन्ˆलुएन्जा उपसमूहका भाइरसका गुणहरूको परविृत्ति हुने संभावना रहेको हुादा खोपको विकासमा विशेष कठिनाइ भएको हो । नेपालमा एच१एन१ को परीक्षण नेपाल सरकारले जूनको दोस्रो सातासम्ममा नेपालमा एउटा पनि एच१एन१ "पहिचान" नगरेको जनाएको छ । 


सार्क मुलुकमध्ये भारतबाहेक अन्य कुनै देशले एच१एन१ रपिोर्ट गरेको छैन । त्यसो भए के दक्षिण एसियाका मानिसमा यस रोगको संक्रमणबाट बच्ने क्षमता बढी छ ? कि यो रोग पत्ता लगाउनसक्ने पूर्वाधारको कमीले हालसम्म पनि सार्कका अन्य मुलुकमा देखा नपरेको हो ? नेपालमा सरकारी स्तरमा उपयुक्त परीक्षण प्रयोगशालाको अभाव भएकाले यसको पहिचान हुनसकेको छैन । एच१एन१ र यस्तै प्रकारका अन्य भाइरस पहिचानका लागि संसारभर िनै पोलिमरेस चेन रएिक्सन -पी.सी.आर.)को प्रयोग हुन्छ । यस्तो परीक्षण तीन चरणमा हुन्छ । पहिलो चरणको परीक्षणमा भाइरस रूघाको हो कि होइन जााचिन्छ । दोस्रो र तेस्रो चरणमा "एच" र "एन" प्रकारबारे निक्र्योल गरन्िछ । नेपालमा पनि यस्तो परीक्षण निजी प्रयोगशालामा गर्न सकिने पूर्वाधारको विकास भइसकेको छ । नेपालमा अहिले कम्तीमा एउटा निजी प्रयोगशालाले एच१एन१ र एभियन इन्ˆलुएनजा -बर्डˆलु) लगायत अन्य भाइरसको पूर्ण परीक्षण गर्ने प्रविधि भित्रिएको छ । नेपाल सरकारले सरकारी तथा गैरसरकारी प्रयोगशालाहरूबीच सहकार्य नीति अवलम्बन गरे यस्ता परीक्षण नेपालमै सम्भव हुन्छ । 
मृत्युदरको आधारमा एच१एन१ स्वाइन ˆलु अन्य दुई प्रकारका ˆलु -एभियन इन्ˆलुएनजा -बर्डˆलू) र मौसमी रूघाभन्दा कम घातक छ । डब्लूएचओका अनुसार स्वाइन ˆलु संक्रमित व्यक्तिमा पनि सामान्य ˆलुका लक्षण देखापर्छन् । यो सामान्य ˆलुसरह निको हुन्छ । वृद्ध र बालबालिकामा यसको संक्रमण सामान्य ˆलुसरह छिटो हुन्छ । तर सामान्य ˆलुभन्दा एच१एन१ को संक्रमण बढी हुने भएकाले यसलाई बढी खतरापूर्ण ठानिएको हो । एभियन इन्ˆलुएनजाको अधिक मृत्युदर हुादाहुादै पनि मानिसमा यसले यति छिटो संक्रमण गर्दैन । तर एच१एन१को भाइरस मौसमी ˆलु विकार भएको हुादा यसको "एच" र "एन" प्रकारमा मिसिएर बढी घातक भएको हो । मानिसलाई घातक हुने सन्दर्भमा यो नयाा भाइरस बढी वा कम शक्तिशाली पनि हुनसक्छ । 


अहिले देखापरेको एच१एन१, अथवा स्वाइन ˆलु तुलनात्मकरूपमा कम हानिकारक भए पनि मान्छेबाट मान्छेमा संक्रमण हुनसक्छ  । तर एच५एन१, अथवा "बर्डˆलू" घातक भए पनि मान्छेबाट मान्छेमा संक्रमण हुादैन । यी दुई प्रकारका भाइरसको संमिश्रणले ˆलुको नयाा प्रकार बने के होला ? त्यसो भए झनै भयावह परण्िााम हुनसक्छ । अन्य प्रकारका भाइरसको महामारी अवश्य साम्य हुन्छ, तर नेपालले यसबाट जोगिन तयारी गर्नु उत्तिकै जरूरी छ । नेपालमा पनि प्रयोगशाला र अस्पतालहरूको सञ्जाल बलियो भयो भने र सरकारी एवं गैरसरकारी संस्थाको तादात्म्य रहृयो भने कुनै पनि महामारीको सामना गर्न सजिलो हुन्छ । हामीले गर्ने वैज्ञानिक अनुसन्धानले देखापरेका भाइरसका विशेषताका अतिरत्तिm नयाा भाइरसका प्रकार र स्वरूपहरूको पनि पहिचान गर्न सक्नुपर्छ । यस क्षमताको विकास छिटै गर्नु जरूरी छ । यस अवस्थामा हामीकहाा महामारी फैलियो भने थेग्न निक्कै गाह्रो पर्छ ।

(दीक्षित सेन्टर फर मोलिक्यूलर डाइनामिकस नेपाल राष्ट्रिय निर्देशक हुन् । )

No comments:

Post a Comment