Monday, November 5, 2012

मेरो नेपाली लेख यात्रा - सुरुवात

ट्विटर चलाउन थालेको पनि २ बर्ष भएछ। पहिले त पुरै अंग्रेजीमा लेखिन्थ्यो। बिस्तारै एउटा कुरा बुझियो। नेपालीमा लेखेको खंण्डमा अझै धेरै प्रतिकृया आउने। त्यसपछि नेपालीमा पनि ट्विटहरु धमाधम जान थाले।

सायद ट्विटरमा नेपाली लेख्ने बानीले होला, पत्रिकाहरुमा पनि लेख लेख्न सक्छु भन्ने मनोबल बढ्न थाल्यो। र लेखियो पनि। शुरु शुरुमा त रबिन्द्र मिश्र जीलाइ हल्का "एडिट" गर्न अनुरोध गर्ने गर्थें। वहांले मज्जासंग मान्दिनुहुन्थ्यो। पछि, हिम्मत बढ्यो र सोझै पत्रिकालाइ पठाइंदिएं। जादु! छापियो ! अनि त के चाहियो। आजकल मनोबल उच्च नै छ। तर दिनहुं सिक्दैछु, सुधार्दै छु, आफैंलाइ।

यो सानो "एन्ट्रि" हो। क्रमश:

3 comments: